5/27/10

झरी परेको बेला


आज झरी परिरहेछ बाहिर निरन्तर रुपमा। म भने यो डम्म परेको कोठामा बसेर केहि लेख्ने प्रयास गर्दैछु। झरी परेको मलाई रमाईलो लाग्छ। झरी परेको हेर्न, सुन्न अनि अनुभव गर्न। अहिले भने म केवल सुनिरहेछु बाहिरि वातावरणलाई। यो काठमाडौको कृत्रिम शहरमा पनि झरी परेको बेला मलाई प्रकृतिको नजिक भए जस्तो अनुभव हुन्छ। धेरैपल्ट रुझको छु म पानीमा, कहिले बाध्यताले अनि कहिले रहरले। कहिले सोच्छु, झरी परेको बेला सबैजना बाहिर निस्किएर नाच्ने अनि रमाईलो गर्ने चलन भए कति रमाईलो हुन्थ्यो होला।

झरी परेको शायद धेरैलाई रमाईलो लाग्छ। त्यहि भएर होला धेरै कविता, गीत अनि गजल कोरिएका छन्, यसको बारेमा। झरी परेको बेलादेखि लेख्न सुरु गरेको त घाम पो लागिसकेछ। वतावरण पनि अब त न्यानो भइसक्यो।
फेरी झरी परेदेखि म खुशी हुने थिएँ।

8 comments:

  1. "यो काठमाडौको कृत्रिम शहरमा पनि झरी परेको बेला मलाई प्रकृतिको नजिक भए जस्तो अनुभव हुन्छ।"

    माथि को लाइन चाँहि साह्रै दह्रो लाग्यो । झरी परेको बेला रमाइलो नै हुन्छ । मलाई पनि त्यो पानी परेको आवाज चाँहि मन पर्छ, अनि त्यतिखेर मलाई चिया वा कफी चाहिन्छ चाहिन्छ, वा सुत्नुपर्छ या त पानी मै गएर भिज्नु पर्यो ।

    वर्षा को मौसम आउँदैछ, अब केही हप्ता कुरौँ न त, झरी को लागि हुँदैन ! हा हा हा

    यस किसिम को ब्लग पढ्दा नि साह्रै रमाइलो हुन्छ, कारण यस्तो फरक कुरा, प्राय: थोरै ले मात्र ब्लग मा लेख्छन !
    :)

    ReplyDelete
  2. धन्यवाद रमाईलो मानेर मेरो लेखाई पढिदिनुभएकोमा। अब त मलाई असार १५ मा धान रोप्दै हिलो खेल्न मन लागेको छ :P

    ReplyDelete
  3. पिर गर्नु पर्दैन, असार १५ चाँडै आउँदैछ ! हा हा :P

    ReplyDelete
  4. नाई नाई काठमाडौँ कृतिम छैन। झरी पर्न सुरु भए देखि अन्त्य सम्म अशनलाई हेर्न खोज्नु, तपाईँ फ्रेन्च रोमान्टिक हुनु हुनेछ।

    ReplyDelete
  5. bahakiyera yo jhari pare jastai maan bahakiteko bela j pani huna sakcha sabadhai hai

    ReplyDelete
  6. Aaaj pheri aanayeshai jhari paryo.....timilai samjhadai basnu ko majja nai beglai cha

    ReplyDelete
  7. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  8. मैले स्काई अनुभव ऋण कम्पनीहरूबाट कसरी ऋण पाउँछु भनेर मेरो गवाही पढ्नुहोस् http://www.skyexperienceloan.com

    मेरो नाम क्यारोलिन हो, म एक्लो अभिभावक हुँ, मेरो श्रीमानको मृत्यु हुनु अघि, उहाँले हामीलाई यति धेरै ऋण छोड्नुभयो, म धेरै अलमलमा थिएँ र कसरी ठूलो ऋण तिर्न निराश भएँ। एक दिन इन्टरनेट मार्फत जाँदै गर्दा मैले आकाश अनुभव ऋणको बारेमा एउटा गवाही (सोनिया) भेटें, त्यसैले मैले कम्पनीबाट यसको मेल (contact@skyexperienceloan.com) वा (skyexperienceloan@gmail) मार्फत 5 वर्षको लागि 85,000 EUR ऋणको लागि आवेदन दिएँ। .com)। संसारलाई थाहा दिनुहोस् कि मेरो लागि के गरेको छ, मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि, 48 घण्टा भन्दा कममा मेरो ऋण 2% को ब्याज दर संग स्वीकृत भयो। अहिले श्रीमानको ऋण चुक्ता गरेर आफ्नै जीवन र व्यवसाय सुरु गरेकी छु । मैले आफ्नो वाचा पूरा गरें। त्यसैले, यदि तपाइँ कम्तिमा 2% को कुनै पनि प्रकारको ऋण चाहनुहुन्छ भने, SKY EXPERIENCE LOAN COMPANIES मा सम्पर्क गर्नुहोस्। उनको इमेलमा
    (contact@skyexperienceloan.com) वा (skyexperienceloan@gmail.com)। उनको वेबसाइट http://www.skyexperienceloan.com/ मा जानुहोस्

    ReplyDelete